loader

Breaking News

कृषि विभागको पहलमा सुन्तलाबारीमा वेलनेस पसलको उद्घाटन

Image
 

पश्चिम बंगाल कृषि विभागको पहल एवम् आत्मा प्रकल्पको सहयोगितामा बिहीबार कालचिनी खण्डको सुन्तलाबारीमा कोदोको जैविक खाद्य परिकार पसलको उद्घाटन कृषि विभागको ज्वाइन्ट डाइरेक्टर दिपङ्कर राय, सहकृषि अधिकारी अलिपुरद्वार महकुमा रजत च्याटर्जी, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, कालचिनी सहकृषि अधिकारी प्रबोध कुमार मण्डल एवम् अन्यान्य अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो। 
प्रथमत कोदोको खेती र यसको उपयोगिताबारे सचेतना कार्यक्रम सम्पन्न भएपछि वेलनेस पसलको उद्घाटन गरिएको थियो। 
उक्त अवसरमा कोदो र मकैले बनेको प्रायः २० भन्दा अधिक परिकारहरु ढेँडो, सेलरोटी, मोमो, पास्ता आदिको निरीक्षणसँगै स्वाद चाखिएको थियो।


Leave a Comment